नियम
३ करारमा नियुक्त गर्ने
ः (१) पदपूर्ति समितिबाट नयाँ नियुक्तिको लागि सिफारिश भएका
उम्मेदवारलाई सिफारिश भएको मितिले पन्ध्र दिनभित्र एक पटकमा बढीमा दुई वर्षको
लागि करारमा नियुक्ति दिइनेछ र यस्तो नियुक्तिको सूचना छिटो साधनद्वारा सम्बन्धित
उम्मेदवारलाई दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नियुक्तिको निर्णय अध्यक्षले गर्नेछ ।
(३) परिषदलाई आवश्यक भएमा उपनियम (१) बमोजिम नियुक्त कर्मचारीको
म्याद रजिष्ट्रारको सिफारिशमा एक पटकमा बढीमा दुई वर्षमा नबढ्ने गरी परिषदले थप
गर्न सक्नेछ ।ज्ञण् धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
(४) उपनियम (१) बमोजिम नियुक्त कर्मचारीको सेवाको शर्त, सुविधा र सेवाको
अवधि करारनामामा उल्लेख भएबमोजिम हुनेछ ।